खुलामञ्चमा भूमिगत पार्किङ बनाउन लागेपछि स्थानीय आन्दोलित, बालेनले भने भेट्नै मानेनन्
काठमाडाैं। काठमाडाैं महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने याेजना अघि सारेपछि संरक्षणकर्मी र स्थानीयबासीहरू आन्दोलनमा उत्रिएका छन्। यस याेजनाकाे विराेधमा साेमबार दबाबमूलक अभियान चलाइरहेकाे अकुपाई टुँडिखेल टाेली लगायतले महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
काठमाडौं महानगरले खुल्लामञ्चमा तीन तहको भूमिगत पार्किङ निर्माणका लागि डीपीआर गराउने तयारी गरिरहेकाे छ। भूमिगत पार्किङ निर्माण नगर्न दबाब दिनका लागि महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।
यसपछि संरक्षणकर्मी र स्थानीयबासीहरू महानगरपालिकामा ज्ञापानपत्र बुझाउन पुगेका थिए। तर महानगरका मेयर बालेन्द्र साह (बालेन) ले स्थानीयबासीहरूसँग भेट्न मानेन्न।
भूमिगत पार्किङ निर्माणका विराेधमा मेयरलाई ज्ञापानपत्र बुझाउन नपाएपछि स्थानीयबासीहरूले उपमेयर सुनिता डंगाेललाई ज्ञापानपत्र बुझाएका छन्।
ज्ञापानपत्र बुझ्दै डंगाेलले भने जनतासँग परामर्श नलिइ महानगरले कुनै पनि काम नगर्ने बताइन्।
पुष १८, २०७९ सोमबार १४:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।