आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिए निर्वतमान वडाध्यक्ष गुरुङ
पोखरा : कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका निवर्तमान अध्यक्ष सुरजकुमार गुरुङ जलेको अवस्थामा मृत भेटिएका छन्।
आफ्नै घरमा गुरुङ राति जलेको अवस्थाम मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।
आइतबार बेलुकी उनको घरमा आगलागी भएकोमा राति साढे १० बजे नियन्त्रणमा लिइएको थियो। उनी २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।
गाउँमै कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्ने गर्थे। आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीको कारण खुल्न सकेको छैन।
पुष १८, २०७९ सोमबार १३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।