एनआईसी एसिया बैंककाे एटिएम फोड्दै गर्दा चन्द्रागिरीबाट एक युवक पक्राउ
काठमाडौं : चन्द्रागिरीमा एटिएम फाेड्दै गरेकाे अवस्थामा एक युवक पक्राउ परेका छन्।
चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे।
स्क्रुले एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पुष १८, २०७९ सोमबार १२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।