नेपाल टी–२० लिगमा पोखराको दोस्रो जित, काठमाडौं ५ विकेटले पराजित

नेपाल टी–२० लिगमा पोखराको दोस्रो जित, काठमाडौं ५ विकेटले पराजित

काठमाडौं : कीर्तिपुरमा जारी नेपाल टी–२० लिगको सोमबार पहिलो खेलमा पोखरा एभेन्जरले काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको छ।

१६५ रनको विजयी लक्ष्य पछ्याएको पोखराले बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। उनका लागि सुमित महर्जनले सर्वाधिक ७६ रन बनाए। ५२ बलको सामना गरेका उनले ३ छक्का र ७ चौका प्रहार गरे।

यस्तै, उपुल थरङ्गा ५८, आरिफ शेख ७, आशिफ शेख ० र सिद्धान्त लोहनी ३ रनमै आउट हुँदा कुशल मल्ल र सिद्धान्त लोहनीले अविजित रहँदै क्रमशः १४ र ० रन बनाए।

बलिङतर्फ काठमाडौंका कमल ऐरीले तीन तथा अनिल खरेल र अभिनाश बोहराले एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनायो।

उसका लागि एलेक्स ब्ल्याकीले ६४, सुनम गौतमले ४५, विरान्दीप सिंहले ३२ र रायन ब्रुलले अविजित रहँदै १० रन जोडे। अजमतुल्लाह ओमारजाइ ३ रनमा आउट हुुँदा लोकश बम ४ रन खेल्दै नटआउट रहे।

बलिङतर्फ पोखराका तुल थापाले दुई तथा कुशल मल्ल र प्रतिश जिसीले एक–एक विकेट लिए।

जितसँगै पोखरा ७ खेलमा दुईमा जित निकाल्दै पोखरा अंकतालिकाको चौथो स्थानमा छ। पाँच खेल खेलको पराजित काठमाडौं ३ खेलमा जितसँगै तेस्रो स्थानमा छ।

तालिकाको पहिलो स्थानमा लुम्बिनी अलस्टार १२ अंकसहित रहँदा जकपुर रोयल्स ८ अंसहित दोस्रो स्थानमा छ।

पुष १८, २०७९ सोमबार १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।