सर्वोच्चले भन्यो– ‘नोटबन्दीको निर्णय सहि थियो’

सर्वोच्चले भन्यो– ‘नोटबन्दीको निर्णय सहि थियो’

एजेन्सी : भारतको सर्वोच्च अदालतले नोटबन्दीको निर्णय सही भएको बताएको छ।

एक हजार र पाँच सय दरका नोट प्रतिबन्ध लगाउने प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णय सही भएको पाँच न्यायाधीशको संवैधानिक इजलासले जनाएको हो।

८ नोभेम्बर २०१६ को सूचनामा कुनै गल्ती नभएको इजलासले फैसला गरेको हो।

नोभेम्बर २०१६ मा केन्द्र सरकारले एक हजार र पाँच सय दरका पुराना नोट बन्द गरेको थियो।

नोटबन्दीविरुद्धको निवेदनको सुनुवाइ गर्दै इजलासले यो राक्नु वैध भएको ठहर गरेको हो। अदालतले नोटबंदीको निर्णय लिने प्रक्रियालाई गलत भन्न नमिल्ने बतायो।

समाचार एजेन्सी एएनआईका अनुसार नोटबन्दीअघि केन्द्र सरकार र आरबीआईबीच छलफल भएको थियो।

पुष १८, २०७९ सोमबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।