प्रधानमन्त्रीले भेटे निर्वाचन आयोगका पदाधिकारी, गृह र अर्थमन्त्री पनि सहभागी
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन्।
प्रचण्डले सोमबार विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।
छलफलमा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र आयोगका पदाधिकारी सहभागी थिए।
प्रचण्डले आयोग पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको मितिको बारेमा छलफल गरेको जनाइएको छ।
त्यस्तै त्यस लगत्तै उनले मन्त्रालयका सचिवहरूसँग छलफल थालेका छन्।
पुष १८, २०७९ सोमबार ११:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।