पौने ३ बजे बिजुलीको पोलमा स्कुटर ठोकियो, नुवाकोटको डंगोलको मृत्यु
काठमाडौं : राजधानीमा स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ।
तार्केश्वर नगरपालिका–७ मा गएराति घटना हुँदा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–७ का ३८ वर्षीय पशुपती ढंगोलको मृत्यु भएको हो।
गएराति पौने ३ बजे चिमल सडक खण्डमा बा ९८ प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो।
दुर्घनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरी वृत बालाजुले जनाएको छ।
पुष १८, २०७९ सोमबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।