नाबालिग बलात्कार आरोपी वडाध्यक्ष पक्राउ
काठमाडौं : नाबालिग बलात्कार आरोपमा फरार रहेका निजगढ नगरपालिका वडा नम्बर २ का अध्यक्ष राजु श्रेष्ठ (राजन) प्रहरी नियन्त्रणमा आएका छन्। वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
श्रेष्ठले १५ वर्षकी नाबालिगलाई घरमा बोलाएर बलात्कार गरेको आरोपमा गत २०७९ असोज २५ मा इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो। जाहेरी दर्ता भएसँगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए।
आइतबार राति करिब ८ : ३० बजे उनी आफै इलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले जानकारी दिएको छ। दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा बलात्कार गरेको किशोरीले जाहेरी दिएकी थिइन्। श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए।
पुष १८, २०७९ सोमबार ०८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।