फ्रेन्च लिगमा पीएसजीको पहिलो हार, घरेलु टोली ३–१ ले विजयी
एजेन्सी : लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिगवानमा आइतबार राति लेन्ससँग ३–१ गोलको नतिजामा पराजित भएको छ।
लेन्सको मैदानमा भएको खेलको पाँचौं मिनेटमा पर्जेमिस्लाव फ्रान्कोस्कीले गरेको गोलसँगै घरेलु टिमले अग्रता लिएको थियो। त्यसको तीन मिनेट नबित्दै हुगो एकिटिकेले पीएसजीका लागि बराबरी गोल फर्काएका थिए।
पीएसजीमाथि निरन्तर आक्रामण गरेको लेन्सका लागि लुइस ओपेन्डाले २८औं मिनेटमा गरेको गोलसँगै घरेलु टिमले पुनः अग्रता लियो।
पहिलो हाफमा २–१ ले अगाडि रहेको लेन्सका लागि ४७औं मिनेटमा अलेक्सिस क्लाउडेले गोल गर्दै ३–१ को जित सुनिश्चित गरे।
जितसँगै दोस्रो स्थानको लेन्सले पीएसजीसँगको अंक दूरी चार अंकमा छोट्याएको छ। शीर्ष स्थानको पीएसजीको १७ खेलबाट ४४ अंक छ।
समान खेलबाट लेन्सले ४० अंक जोडेको छ।
पुष १८, २०७९ सोमबार ०८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।