पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : प्रदेश १ को पहाडी भू–भागमा हल्का वर्षा तथा गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ।
पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले सोमबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार तराई–मधेशमा बाक्लो हुस्सु र कुहिरो लाग्नाले चिसो बढेको छ। हिमाली भेग, उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईमा बाक्लो कुहिरो हुस्सु लाग्ने कारण एक सातासम्म चिसो बढ्ने विभागले जनाएको छ।
क्रमिक रूपले चिसो बढेकाले यसबाट बच्ने उपाय अपनाउन पनि विभागले आग्रह गरेको छ।
पुष १८, २०७९ सोमबार ०७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।