ग्लोबल र बिओकेले मर्जरमा जाने अन्तिम स्वीकृति पायो

ग्लोबल र बिओकेले मर्जरमा जाने अन्तिम स्वीकृति पायो

काठमाडौं : ग्लोबल आइएमई र बैङ्क अफ काठमान्डुले मर्जरमा जान  अन्तिम स्वीकृति पाएका छन्। शुक्रवार बसेको नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिको बैठकले दुवै बैङ्कलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो।

मर्जरमा जाने प्रस्ताव दुवै बैङ्कको साधारणसभाबाट पारित भइसकेको छ। राष्ट्र बैङ्कको स्वीकृतिसँगै पुस २५ देखि दुवैको एकीकृत कारोबार गर्ने  तयारी सुरु भएको छ।

ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमान्डुबिच १:१ को रेसियोमा मर्जरमा जाने र मर्जरपश्चात् बन्ने नयाँ बैङ्कको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति भइसकेको छ।

एकीकृत बैङ्कको सञ्चालकमा ग्लोबलबाट ढकालसहित ५ जना र बैङ्क अफ काठमान्डुको तर्फबाट २ जना रहने छन्। बैङ्कको प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको थियो।

पुष १७, २०७९ आइतबार १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।