एमाले लुम्बिनी प्रदेशकाे संसदीय दलको नेतामा लीला गिरी चयन
बुटवलः एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सह-इन्चार्ज लीला गिरी चयन भएका छन्। त्यसैगरि, उपनेतामा चेतनारायण आचार्य छानिएका छन्।
प्रदेश सभा परिसरमा महासचिव शंकर पोखरेल, लुम्बिनी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा र संघीय सांसद बासुदेव घिमिरेसहित बसेको बैठकले गिरीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो।
गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री रहेका थिए। उनी रुपन्देही-२ को १ बाट निर्वाचित भएका हुन्। एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन्।
महासचिव पोखरेलले यसअघि नै लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताइसकेका छन्। प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने उनको भनाइ छ।
पुष १७, २०७९ आइतबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।