स्मिरनफ भोड्काको उत्पादन अब नेपालमै

स्मिरनफ भोड्काको उत्पादन अब नेपालमै

काठमाडौं : विश्व प्रसिद्ध ‘स्मिरनफ भोड्का’ नेपाल मै उत्पादन हुने भएको छ।

हालै एक कार्यक्रम माझ नेपालको अग्रणी पेयपदार्थ उत्पादक, नेपाल लिकर्स प्रा.लि.ले भोड्का सार्वजनिक गरेको हो।

कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल र दश पटक फिल्टर गरिएको भोड्का नेपालमै उत्पादन सुरु भएर बजारीकरण हुँदैछ।

विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन सुरू भएको हो। स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी छन्।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। विश्वका करिब १३० भन्दा बढि राष्ट्रहरूमा बिक्री हुने स्मिरनफ भोड्का नेपालमा ७५०, ३७५, र १८० मिलिको क्रमश २२००, ११०० र ५५० रूपैयाँमा उपलब्ध छ।

पुष १२, २०७९ मंगलबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।