जसको नेतृत्वमा सरकार बने पनि राप्रपाले सघाउने
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले जसको नेतृत्वमा सरकार बने पनि सहयोग गर्ने निर्णय गरेको छ।
नयाँ सरकारको दाबी गर्ने दिन आइतबार अबेर बसेको बैठकले नेपाली काँग्रेस, एमाले वा माओवादी जुन दलको नेतृत्वमा सरकार बने पनि सहयोग गर्ने निर्णय गरेको हो।
कार्यसम्पादन समितिको बैठक अगाडि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन बालकोटमा एमाले-माओवादीसहितका शीर्ष नेताको बैठकमा सहभागी भएका थिए। सो बैठकले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति गरेको थियो।
राप्रपाका नेताहरूले संसदीय निर्वाचनको परिणाम आए लगत्तै सरकारमा सहभागी नहुने तर मध्यावधि र अस्थिर सरकारको वातावरण आउन नदिन आवश्यक परे समर्थन गर्ने बताउँदै आएका थिए।
सरकारमा सहभागी हुनेबारे जनमत पार्टीको समेत धारणा आइसकेको छ। बालकोट बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले भने अझै निर्णय गरेको छैन।
पुष १०, २०७९ आइतबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।