चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको छ। शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणकाे रिटमा न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई छाड्न आदेश दिएको हो।

शोभराजलाई अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्त गर्न सर्वोच्चले आदेश दिएको छ। साथै आदेशमा पन्ध्र दिनभित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन पनि भनिएकाे छ।

काठमाडौंमा अमेरिकी र क्यानेडियन नागरिकको हत्या गरेकाे आरेपमा दोषी ठहर भएपछि उनी सन् २००३ देखि केन्द्रीय कारागार सुन्धाराान कैद सजाय भोगिरहेका छन्।

यस अपराधमा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला दिएको थियो। यसपछि यो फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो। 

पुष ६, २०७९ बुधबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।