रविको निष्क्रिय नागरिकता र झुक्क्याएर लिएको राहदानीबारे छानबिन गर्दै अख्तियार, गृह र परराष्ट्रमा पठायो पत्र

रविको निष्क्रिय नागरिकता र झुक्क्याएर लिएको राहदानीबारे छानबिन गर्दै अख्तियार, गृह र परराष्ट्रमा पठायो पत्र

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानीको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग समेत प्रवेश गरेको छ।

आयोगले नागरिकताको वैधताको बारेमा छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयलाई र उनको राहदानीबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो।

आइतबार दुवै मन्त्रालयमा पुगेको पत्रमा आयोगमा परेको उजुरीबारे, आयोगको २०७९ मंसिर १६ को निर्णयअनुसार आवश्यक कारबाही गर्न लेखिएको छ।

आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नहरूमाथि छानबिन गर्न माग गरिएको थियो।

उकेराले सप्रमाण रविले सन् २०१४ मा अमेरिकी राहदानी लिएर नेपाल आएर सन् २०१५ मा निकालेको नेपाली राहदानी समेत प्रकाशित गरेको थियो।

अमेरिकी नागरिकको रूपमा नेपालमा आएर श्रम ऐन अध्यागमन ऐन उलङ्घन गरेर बसेका लामिछानेले सन् २०१८ मा अमेरिकी नागरिकको कानूनी अधिकारी त्याग्न निवेदन दिएका थिए।

तर, कानूनअनुसार प्रक्रिया पूरा गरेर निष्क्रिय भएको नेपाली नागरिकता नलिई पुरानै नागरिकताको प्रमाण पत्र प्रयोग गरिरहेको भन्दै निवेदनमा यसको छानबिन र अख्तियारको दुरूपयोगमा संलग्नहरूमाथि छानबिन गरी कारबाहीको माग गरिएको थियो।

चितवन-२ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका रविको नागरिकताबारे प्रश्न उठाउँदै निर्वाचन कार्यालय चितवनमा उजुरी परेपछि उकेराले उनको उम्मेदवारीको वैधता, उनले प्रयोग गरिरहेको नागरिकताको कानूनी हैसियत र उनले सरकारी निकायलाई ढाँटेर कसरी नेपाली राहदानी लिए भन्ने विषयमा निरन्तर फलोअप गरेर समाचार प्रकाशित गर्दै आएको छ।

रविको नागरिकता र राहदानीबारे जिल्ला प्रहरी परिसर काठमाडौंले छानविन समेत गरिरहेको छ।

रवि प्रकरणमा उकेराको फलोअप

मंसिर १८, २०७९ आइतबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।