निर्वाचन आयुक्तलाई ‘ठिस’ भनेका दीपक मनाङेलाई २५ हजार जरिवाना

निर्वाचन आयुक्तलाई ‘ठिस’ भनेका दीपक मनाङेलाई २५ हजार जरिवाना

काठमाडौं : निर्वाचन आयुक्तलाई ‘ठिस’ भनेका गण्डकी प्रदेश सभा सदस्य मनाङ (२) का उम्मेदवार, एवं गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ।

उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ। ३० लाखमा नेपालमा चुनाव जित्छ त? त्यो निर्वाचन आयुक्तजस्तो ठिस त मैले मान्छे नै देखिन। त्यल्लाई थाहा छैन यो कुरा यार। के गरेको त्यो ३० लाख रे। मनाङमा त एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी अभिव्यक्ति दिएपछि जरिवा गरिएको हो।

गुरुङले एक अन्तर्वाताको क्रममा यस्तो बोलेको भिडियो यसअघि विभिन्नमाध्यममार्फत सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको थियो।

निर्वाचन आयुक्तलाई 'ठिस' भनेपछि दीपक मनाङेलाई स्पष्टीकरण, १५ लाखकाे रक्सीकाे बिल पेश गर्न निर्देशन

मंसिर २, २०७९ शुक्रबार १९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।