गण्डकी प्रदेशका ऊर्जामन्त्रीलाई बर्खास्त गरिँदै

काठमाडौं : गण्डकी प्रदेश सरकारका ऊर्जा, सिंचाइ मन्त्री हरिशरण आचार्यलाई मन्त्रीबाट हटाउने तयारी गरिएको छ।
एमालेलाई भोट मागेपछि आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्ने तयारी गरेका हुन्।
आचार्यलाई मुख्यमन्त्री पोखरेलले आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै बर्खास्त गर्न लागेको एक मन्त्रीले बताए।
ती मन्त्रीका अनुसार आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेका छन्।
आचार्य गत निर्वाचनमा गोरखाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए।
कात्तिक २२, २०७९ मंगलबार १४:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।