ललितपुर- १: बिरामी हुँदा स्थानीयले एम्बुलेन्स समेत सहजै पाउँदैनन्

ललितपुर- १: बिरामी हुँदा स्थानीयले एम्बुलेन्स समेत सहजै पाउँदैनन्

ललितपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य बन्ने दौडमा २१ जना छन्। यीमध्ये मुख्य प्रतिस्पर्धीका रूपमा भने पुरानै प्रतिद्वन्द्वी भिड्ने भएका छन्। 

११ जना दलका र १० जना स्वतन्त्रले उम्मेदवारी दिएको ललितपुर- १ मा कांग्रेसका उदयशमशेर जबरा र एमालेका नवराज सिलवालबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

दुवैले एक अर्कालाई मुख्य प्रतिस्पर्धी ठानेर सोहीअनुरूप चुनावी अभियान चलाएका छन्। दुवै उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन्।

अघिल्लो पटक एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनका उम्मेदवार बनेका सिलवालले २६ हजार ९५१ मत ल्याएर विजयी भएका थिए। जबराले २० हजार ७२९ मत ल्याएका थिए।

पहिला पनि आफैँले जितेको र आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेको भन्दै सिलवाल फेरि पनि आफैँ विजयी हुने बताउँछन्। जबरा भने यो ५ वर्षमा खासै केही काम नभएको भन्दै यसपटक आफू जित्नेमा ढुक्क देखिन्छन्। 

स्थानीय तहको मतपरिणामअनुसार यो क्षेत्रमा कांग्रेसको २३ हजार बढी मत छ। एमालेको करिब १९ हजार मत छ। यस्तै माओवादी र राप्रपा तेस्रो र चौथो शक्ति हुन्। 

यता अघिल्लो पटक सिलवाललाई साथ दिएको माओवादी केन्द्र यस पटक सत्ता गठबन्धनतर्फ ढल्केर कांग्रेसका जबरालाई साथ दिँदैछ। यसले सिलवाललाई असर त पर्छ नै, जबराले कति फाइदा उठाउन सक्छन् भन्ने महत्त्वपूर्ण रहन्छ।

स्थानीय तहमा कांग्रेस अगाडि
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने यस क्षेत्रअन्तर्गत कांग्रेस अगाडि देखिएको थियो। यस क्षेत्रमा गोदावरी नगरपालिकाको १२ वटा वडा र कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, महाँकाल गाउँपालिका पर्छन्। 

गोदावरी, बागमती र महाँकालमा कांग्रेसको नेतृत्त्व छ। अनि कोन्ज्योसोममा एमालेको नेतृत्त्व छ।

क्षेत्र नम्बर १ अन्तर्गत गोदावरी नगरको वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १३, बागमती गाउँपालिकाको ७ वटै वडा, कोन्ज्योसोम गाउँपालिकाको ५ वटै वडा र महाँकाल गाउँपालिकाको ६ वटै वडा पर्छन्। यी ३० वडामध्ये कांग्रेसले २२, माओवादीले ५ र एमालेले ३ वटा वडाको नेतृत्त्व गरिरहेका छन्।

स्थानीय तहको मतपरिणामअनुसार यो क्षेत्रमा कांग्रेसको २३ हजार बढी मत छ। एमालेको करिब १९ हजार मत छ। यस्तै माओवादी र राप्रपा तेस्रो र चौथो शक्ति हुन्। 

नेपाल प्रहरीको पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिलवालको भने यो दोस्रो चुनावी प्रतिस्पर्धा हो। आईजीपी हुन नपाएपछि आफ्नो पदबाट राजीनामा दिँदै उनी एमाले प्रवेश गरेका थिए।

कांग्रेसको आफ्नै मत बढी भएको र कांग्रेस उम्मेदवारलाई माओवादी लगायत सत्ता गठबन्धन दलको साथ रहेको हुँदा यसपटक जबराको सम्भावना अधिक देखिन्छ।

यस्तो छ उम्मेदवारको पृष्ठभूमि
उदयशमशेर जबराको यो चौथो पटकको चुनावी प्रतिस्पर्धा हो। नेविसंघबाट राजनीति सुरु गरेर तरुण दलको अध्यक्ष हुँदै प्रधानमन्त्री शेरबहादुर देउवाको यसअघिको कार्यकालमा अर्थ राज्यमन्त्री समेत भएका थिए जबरा। उनले आफ्नो बुवाको विरासतले गर्दा टिकट पाएको पनि भन्ने गरिन्छ।

०६४ सालमा भएको संविधान सभा निर्वाचनमा राणा तत्कालीन माओवादीका नेता वर्षमान पुनसँग पराजित भएका थिए। तर, ०७० सालको संविधान सभा निर्वाचनमा भने उनी विजयी भएका थिए। 

उनीसँग संसद्को अर्थ समितिको सदस्य र त्यसअन्तर्गत रहेका उपसमितिमा रही काम गरेको अनुभव पनि छ। संविधान निर्माण र संसद्मा पनि उनको सक्रिय भूमिका देखिएको थियो। बाटो, खानेपानी र पर्यटन उनको मुख्य अजेण्डा हुन्।

त्यसैगरी नेपाल प्रहरीको पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिलवालको भने यो दोस्रो चुनावी प्रतिस्पर्धा हो। आईजीपी हुन नपाएपछि आफ्नो पदबाट राजीनामा दिँदै उनी एमाले प्रवेश गरेका थिए।

लगत्तै वाम गठबन्धनको उम्मेदवारका रूपमा उनले टिकट पाए। जित पनि हासिल गरे। यसपटक पनि उनी सर्वसम्मत सिफारिस भएका थिए। 

यहाँ बर्खाका बेला बाटो नै बन्द हुने गरेको छ। हेटौँडा जोड्ने कान्ति लोकपथमा अझै पनि सवारी आवागमन राम्रो हुन सकेको छैन। अरू त अरू स्थानीय बिरामी परिहाले भने अझै पनि एम्बुलेन्स सहजै पाउन सक्ने अवस्था छैन।

स्थानीय तहको मतले प्रतिनिधि सभाको चुनावमा कुनै प्रभाव नपार्ने उनी दावी गर्दै आइरहेका छन्। पूर्वाधार र विकास निर्माणमा धेरै काम भएको र आगामी चुनावमा आफूले जित हासिल गरे त्यो अझै थपिने उनी दावी गर्छन्।

क्षेत्र नं १ विकसित भएकै हो त?
दुवै उम्मेदवारले आफ्नो कार्यकालमा राम्रो विकास भएको दावी गरे पनि यहाँका स्थानीयले त्यो 'विकास' देखेका छैनन्। संघीय राजधानी काठमाडौं नजिकै भएर पनि पिछडिएको क्षेत्रको रूपमा क्षेत्र नम्बर १ अन्तर्गतका स्थानलाई लिइन्छ। चुनावमा उम्मेदवारहरूलाई स्थानीयले 'खै बनेको?' भनेर प्रश्न गरिरहँदा 'अब बन्छ' भन्नेबाहेक अरू केही हुन सकेको छैन।

ललितपुरको जिल्लाको ७० प्रतिशतभन्दा बढी भू-भाग यही क्षेत्रमा पर्छ। तर, विकासको मामिला भने पछि छ। भौगोलिक रूपमा समेत विकट यस क्षेत्रका गिम्दी, प्युटार, ठूला दुर्लुङ र कालेश्वर सबैभन्दा विकट स्थान हुन्।

यहाँ बर्खाका बेला बाटो नै बन्द हुने गरेको छ। हेटौँडा जोड्ने कान्ति लोकपथमा अझै पनि सवारी आवागमन राम्रो हुन सकेको छैन। अरू त अरू स्थानीय बिरामी परिहाले भने अझै पनि एम्बुलेन्स सहजै पाउन सक्ने अवस्था छैन।

सबैभन्दा रोचक त अझ के छ भने, उम्मेदवारहरू वर्षौँदेखि यी विकट क्षेत्रलाई देखाएरै भोट मागिरहेका छन्।

कात्तिक १८, २०७९ शुक्रबार ०९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।