पश्चिमी वायुको प्रभाव: प्रदेश १ र गण्डकीमा वर्षा हुनसक्ने

पश्चिमी वायुको प्रभाव: प्रदेश १ र गण्डकीमा वर्षा हुनसक्ने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र गण्डकी प्रदेशमा वर्षा हुनसक्ने जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।

यतिबेला देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि यही मौसम प्रणाली रही प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा वर्षाको सम्भावना छ।

कात्तिक १४, २०७९ सोमबार ०७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।