एन्फा बैठक : न अडिट रिपोर्ट पेस, न जुवा खेलाउन सम्झौता गर्ने पदाधिकारीलाई प्रश्न

एन्फा बैठक : न अडिट रिपोर्ट पेस, न जुवा खेलाउन सम्झौता गर्ने पदाधिकारीलाई प्रश्न

काठमाडौं : एन्फा कार्यसमितिको आज बसेको बैठक औपचारिकतामै सीमित भएको छ। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका अनुसार बैठकमा एन्फाका अध्यक्षले न कुनै अडिट रिपोर्ट पेस गरे न खेलाडीले केही समयअघि गरेको आन्दोलनबारे कुनै जवाफ दिए।

उनका अनुसार आजको बैठकमा विदेशी कम्पनीसँग खेलको डिजिटलाइजेसन गर्ने सम्झौतामा बेटिङबारे भएको सम्झौताका विषयमा समेत कुनै कुरा उठेन।

'आजको बैठक बस्यो भन्दा बस्यो भने भयो,' उनले भने, 'कुनै पनि विषयमा छलफल नै भएन। यसबारे कुनै कुरा अहिले नउठाउने, अब आउने कार्यसमितिमा कुरा हुने निर्णयमा पुगेका हौं।' आजै एन्फाले साधारण सभाबाट नयाँ नेतृत्व छान्दै छ।

असार ६, २०७९ सोमबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।