मानववेचविखनमा धरौटीमा रहेकी राज्यमन्त्री वली प्रेमीको श्रीमती कुट्दा प्रहरी नियन्त्रणमा
दाङ : श्रीमानको मृत्युपछि राजनीतिमा प्रवेश गरेर राज्यमन्त्री बनेकी लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई विरुद्ध प्रहरीले कारबाही अगाडि बढाउने तयारी गरेको छ।
अमेरिका पठाउने प्रलोभन दिएर ठगी गरेको मुद्दामा धरौटीमा रहेकी उनले एक परिचितको घरमा गएर महिला र बालिकालाई कुटपिट गरेपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो।
मङ्गलवार बिहान एकराज बस्नेतको तुलसीपुर ५ आलुमण्डीस्थित घरमै गएर उनकी श्रीमती मिना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेपछि उनलाई स्थानीयले घेरा हालेका थिए। मन्त्रीलाई स्थानीयले घेरेपछि गएको प्रहरीले उनलाई भिडबाट निकालेर इलाका प्रहरी कार्यालयमा राखेको थियो।
इलाका प्रहरी कार्यालयबाट उनलाई प्रहरीलाई जिल्ला प्रहरी कार्यालय लगेको छ। राज्यमन्त्रीको कुटाइबाट मिनाको अनुहार र छातीमा चोटपटक लागेको छ भने कुर्ता च्यातिएको छ।
अमेरिकी सपनाले दिएको यातना : अमेरिका पुग्दा ७५ लाख खर्च, १७ महिना जेल परेर डिपोर्ट
दाङका पूर्व प्रदेश सांसदले अवैध बाटोबाट सात सयलाई अमेरिका पुर्याएको सहयोगीको दाबी
दुई वर्ष कैद सजायमा माघमा पक्राउ परेका कुख्यात मानव तस्कर टोपबहादुर भदौँमा कसरी पुगे युक्रेन ?
एकराजसँग विमलाको प्रेम सम्बन्ध रहेको बताइन्छ। यस अगाडि उनीहरूको सँगै भएको तस्बिर सार्वजनिक भए पनि उनीहरूले आफ्नो सम्बन्ध दिदी-भाई को हो भन्ने दाबी गरेका थिए।
तर मङ्गलवार उनी एकराजको घरमा पुगेर मेरो श्रीमान् खै भन्दै कुटपिट गरेको दाबी गरिएको छ।
उनको श्रीमान दाङ क्षेत्र नम्बर ३ का प्रदेश सांसद उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उप-निर्वाचनमा विजयी भएकी थिइन्। अमेरिका पुगेर पैसा कमाउने लोभमा मानव तस्करको पन्जामा परेर उम्किएका दाङ तुलसीपुरका नरेन्द्र बस्नेतले उत्तरकुमार र विमला सहितलाई प्रतिवादी बनाएर मानव बेचबिखनको जाहेरी दिएका थिए।
जेठ ३१, २०७९ मंगलबार १४:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।