नाबालिगको पक्षमा बहस गरेकी अभिवक्ताले लेखिन्' पल प्रकरणको मोड शक्ति,पैसा र प्रभावको विडम्बनायुक्त उदाहरण'

नाबालिगको पक्षमा बहस गरेकी अभिवक्ताले लेखिन्' पल प्रकरणको मोड शक्ति,पैसा र प्रभावको विडम्बनायुक्त उदाहरण'

काठमाडौँ : नाबालिगको तर्फबाट निःशुल्क बहस गरेकी अधिवक्ता तथा लेखिका सरिता तिवारीले बलात्कार र यौन दुर्व्यवहारका मुद्दाका पीडितको सुरक्षाबारे नीति र अभ्यासको अभावमा पीडित आफैँ प्रतिवादी जोगाउने हतियार बन्न पुग्ने प्रतिक्रिया दिएकी छिन्।

नाबालिगले अदालतमा बकपत्र गर्ने क्रममा अनुसन्धान अधिकारीसमक्ष दिएको बयान सत्य नभएको र अभिनेता पल शाहले बलात्कार नगरेको बयान दिएपछि तिवारीले सामाजिक सञ्जाल फेसबुकमा' पल शाह प्रकरणको यो मोड शक्ति,पैसा र प्रभावको अर्को विडम्बनायुक्त उदाहरण' भएको लेखेकी छिन्।

अभिनेता शाह र नाबालिगबिचको सम्बन्धबारे अडिओसहितका सामाग्री सार्वजनिक भएपछि पीडितको बाबुले जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिएका थिए।

दुवैतिरको बयानमा उनले पलले प्रेम गर्छु भनेर फकाएर जवर्जस्ती करणी गरेको बयान दिएकी थिइन्। पीडितको बयान र अनुसन्धानमा संलग्न प्रमाणको आधारमा दुबै जिल्लाको अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

तिवारीले लेखेको स्टाटस्

जबरजस्ती करणी लगायत यौन दुर्व्यवहारका मुद्दामा राज्यबाट पीडितको सुरक्षा समावेदनशीलताबारे स्पष्ट नीति र अभ्यास नहुँदा पीडित स्वयं प्रतिवादी जोगाउने हतियार बन्न पुग्छन् ! पल शाह प्रकरणको यो मोड शक्ति,पैसा र प्रभावको अर्को विडम्बनायुक्त उदाहरण हो।

वैशाख ४, २०७९ आइतबार १९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।