दीपक मनाङेले कुटे आफ्नै मन्त्रालयका कर्मचारी

दीपक मनाङेले कुटे आफ्नै मन्त्रालयका कर्मचारी

पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकु दमन्त्री दीपक मनाङेले आफ्नै मन्त्रालयका कर्मचारीमाथि कुटपिट गरेका छन्। फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ।

मंगलबार मन्त्रीको कार्यकक्षमा पुगेका ओझाले आफूमाथि हातपात भए लगत्तै मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई जानकारी गराएका थिए । 

मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले हिजो देखि बागलुङमा चलिरहेको सुरक्षासम्बन्धी बैठकमा रहेकाले घटनाबारे जानकारी भए पनि घटनाका बारेमा विस्तृतमा रूपमा बुझ्न नपाएको बताए।

उनले भने,‘म अहिले सुरक्षा समितिको बैठकमा भएकाले अनौपचारिक रूपमा सुनेको छु। विस्तृतरुपमा बुझ्न बाँकी छ। भर्खरै सुरक्षा समितिको बैठक सकिएकाले भोलि पोखरा फर्केपछि मन्त्रालय गएर बुझ्छु।’

चैत २३, २०७८ बुधबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।