विद्यालय हिँडेका दाजुबहिनी नै बेपत्ता

विद्यालय हिँडेका दाजुबहिनी नै बेपत्ता

बुटवलः बिहीबार बिहान विद्यालय हिँडेका रुपन्देहीको सैनामैना नगरपालिका–६ की पुष्पा दाहालका दुई छोराछोरी बेपत्ता भएका छन्।
सैनामैना–४, मुर्गियामा रहेको प्रभात आवसीय बोर्डिङ स्कुलमा अध्ययनरत १२ वर्षका प्रसिद्ध दाहाल र उनकी ९ वर्षीया बहिनी प्रशन्न दाहाल बेपत्ता भएका हुन्।

विद्यालय जान भनेर हिँडेका उनीहरू विद्यालयमा भने नआइपुगेको प्रभात बोर्डिङ स्कुलका प्राचार्य अनन्तराम शर्माले बताए। बिहीबार साँझ घर नफर्केपछि परिवारले ईलाका प्रहरी कार्यालय रन्यौरामा खबर गरेका थिए। ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले हाल बालबालिकाको खोजी कार्य जारी रहेको बताए।

उनले घटनाबारे अन्तिम निष्कर्षमा पुग्ने प्रयास भइरहेको बताउँदै साँझसम्ममा सबै कुरा पत्ता लाग्ने दावी गरे।

फागुन ६, २०७८ शुक्रबार १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।