मूर्तिचोरीमा सजाय भोगेका कार्चेन पर्यटनमन्त्री नियुक्त, पाँचै जनाले लिए शपथ
शपथ लिनेहरूमा गैरसांसद तथा मूर्तिचोरीको कसुरमा जेल सजाय भोगेका छिरिङ डम्दुल लामा `कार्चेन´ पनि छन्। उनी माओवादीका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका कार्चेन लामा शपथ ग्रहण कार्यक्रममा। तस्बिर- जगतदल जनला विक
यस्तै यसअघि सरकारमा मन्त्रीकाे नाम सिफारिस नगर्ने बताउँदै आएको एकीकृत समाजवादीका तर्फबाट पदमबहादुर राेकायाले शपथ लिएका छन्। उनी भाैतिक पूर्वाधार तथा शहरी विकासमन्त्री नियुक्त भएका छन्।
कांग्रेसका यज्ञबहादुर बुढाक्षेत्री समाजिक विकासमन्त्री र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भई शपथ लिएका छन्। यस्तै माओवादीका गणेशप्रसाद सिंहले ऊर्जा तथा जलस्रोतमन्त्रीमा शपथ लिएका छन्।
कार्चेनलाई बधाई तथा शुभकामना दिँदै मुख्यमन्त्री जीवनबहादुर शाही। तस्बिर- जगतदल जनला विक
कार्चेन सम्बन्धी समाचार
माघ २३, २०७८ आइतबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।