प्रधानमन्त्रीलाई एमालेको प्रश्न : खोप खोप खोप भन्नुहुन्थ्यो, खोइ त खोप?

‘पर्याप्त खोप भएर पनि दिइएन,बुस्टर डोज किन दिइएन?’एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने,‘कोरोना नियन्त्रणका लागि केपी ओली सरकारले गरेका काम र वर्तमान सरकारले गर्नु पर्ने काम समेटेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ।’
भेटमा नेम्वाङसहित एमाले नेताहरू खगराज अधिकारी, विशाल भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, योगेश भट्टराई, कृष्ण राई र सरिता न्यौपाने सहभागी थिए। प्रधानमन्त्री देउवाले बोलेको त्यति नबुझिएको भेटमा सहभागी एक नेताले बताए।
‘त्यति बुझिएन, योगेश भट्टराई नजिक हुनुहुन्थ्यो, उहाँले सुन्नुभयो कि,’ती नेताले भने,‘पत्रकारहरूलाई बोलाएरै ज्ञापनपत्र बुझाएका हौँ, पत्रकारहरूले सुन्नु भयो होला।’
एमालेको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताए। ‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ।’
सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकार अघि बढेको उनले बताए।
माघ १, २०७८ शनिबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।