एयरपोर्टमै फोन फ्याँकेर श्रीमानलाई लात हान्दा श्रीमती पक्राउ, ६ लाख ६० हजार जरिवाना

एयरपोर्टमै फोन फ्याँकेर श्रीमानलाई लात हान्दा श्रीमती पक्राउ, ६ लाख ६० हजार जरिवाना

एजेन्सी : श्रीमानलाई एयरपोर्टमै लात हान्ने श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ।

अमेरिकाको साउथ क्यारोलिनामा छुट्टी मनाउन गएका श्रीमानश्रीमतीको आपसी विवादपछि श्रीमतीले श्रीमानमाथि आक्रमण गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो।

श्रीमानको मोबाइलमा अश्लिल तस्बिर देखेपछि श्रीमतीले आक्रोशित हुँदै आक्रमण गरेकी थिइन्। 

५५ वर्षीया श्रीमती पाउला बरबोरमाथि घरेलु हिंसाको आरोप लगाइएको छ। उनले डिसेम्बर २१ मा एयरपोर्टमा श्रीमानलाई कुटेकी थिइन्।

घटनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा उनले श्रीमानको फोनसमेत फ्याँकेको देखिन्छ।

कुटपिटपछि श्रीमती घर फर्कन चाहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ। पक्राउपछि पाउलालाई एआई क्यानन डिटेन्सन सेन्टरमा पठाइएको थियो। पछि उनलाई ६ लाख ६० हजार रूपैयाँ धरौटीमा रिहा गरिएको थियो।

पुष १६, २०७९ शनिबार २१:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।