कालीप्रसाद र सदीक्षाकाे स्वरमा ‘माया रैछ र भर रैछ नि’ गीत बाहिरियाे

कालीप्रसाद र सदीक्षाकाे स्वरमा ‘माया रैछ र भर रैछ नि’ गीत बाहिरियाे

काठमाडौं : रामबाबु गुरुङ निर्देशित सिनेमा ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ।

‘माया रैछ र भर रैछ नि’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्षा कट्टेलको पनि आवाज छ।

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ। यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन्।

सिनेमामा अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसंग जोडी बाँधेका छन्। यस्तै अभिनेत्री प्रियंका कार्कीको जोडी कलाकार सोमनाथ खनालसंग बाँधिएको छ।

सिनेमामा विपिन, अरुणा, दयाहाङ, प्रियंका, गौमाया, सोमनाथसंगै शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक साक्षी सिंह भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको छ।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने सिनेमामा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ। जोश हेरुमको छायांकन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ।

फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ।

 

पुष १६, २०७९ शनिबार २०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।