नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनमाथि दर्जनौं मिसाइल प्रहार

नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनमाथि दर्जनौं मिसाइल प्रहार
तस्बिर- राेयटर्स

एजेन्सी : नयाँ वर्षको पूर्वसन्ध्यामा रुसले पुनः युक्रेनको राजधानी कीभमा दर्जनौं मिसाइल प्रहार गरेको छ।

युक्रेनी अधिकारीहरूका अुनसार युक्रेनले दागेको सिमाइलबाट एक जनाको मृत्यु भएको छ।

युक्रेनको राजधानी किभका मेयर भिटाली क्लुस्कोले शनिबार सहरमा धेरै विष्फोट भएको बताएका छन्।

उनले भने, ‘त्यहाँ धेरै क्षति भएको छ र कम्तिमा एक जनाको मृत्यु भएको छ।’

पछिल्लो आक्रमण रुसको ठूलो हवाइ हमलाको दुई दिनपछि भएको हो।

दुई दिनअघि भएको हवाइ हमलालाई यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण भनिएको थियो।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई नयाँ वर्ष मनाउनबाट रोक्न रुसले थप आक्रमण गर्नसक्ने चेतावनी दिएका छन्।

माइकोलाइभका गभर्नर भिटाली किमले फेसबुकमा रुसको मिसाइल आक्रमणको पुष्टि गरेका छन्।

आक्रमणकारीहरूले नयाँ वर्षको उत्सव बिगार्ने निर्णय गरेको उनले बताए।

पुष १६, २०७९ शनिबार २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।