नागरिकता र राहदानी वितरण सहज बनाउन गृहले बनायो समिति

नागरिकता र राहदानी वितरण सहज बनाउन गृहले बनायो समिति

काठमाडौँ : नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र वितरण प्रणालीमा सुधार गर्न गृह मन्त्रालयले विज्ञ समूह गठन गरेको छ। मन्त्रालयका अनुसार यी नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र वितरण प्रणाली झन्झटिलो देखिएपछि त्यसमा सुधार गर्न समिति गठन भएको हो।

समितिमा सूचना प्रविधि विज्ञहरूको टोली रहेको बताइए पनि को-को छन् भन्ने खुलाइएको छैन।  उनीहरूको अध्ययन प्रतिवेदनका आधारमा वितरण प्रणालीमा सुधार गर्ने मन्त्रालयले जानकारी दिएको छ।

गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्त्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाएर लाइन लाग्नु पर्ने बाध्यता हटाउने दाबी गरेका थिए।

रवि आफैँ भने निष्क्रिय नागरिकता र झुक्क्याएर राहदानी बनाएको विषयमा अनुसन्धानको घेरामा छन्। उनी विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको २२ गते सुनुवाइ छ भने प्रहरीले गरिरहेको अनुसन्धान उनी उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि प्रभावित भएको छ।

पुष १६, २०७९ शनिबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।