काठमाडौंबाट आपराधिक क्रियाकलापमा संलग्न १५५ पक्राउ, करिब तीन करोड जरिवाना असुल
काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंले ६ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न १५५ जनालाई पक्राउ गरेको छ।काठमाडौं प्रहरीले चालू आव २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न १५५ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए।
पक्राउ परेकालाई अदालतले २९ वर्ष पाँच महिना ६ दिन कैद र रु दुई करोड ९४ लाख ४९ हजार ७५६ जरिवाना असुल गरेको प्रवक्ता मैनालीले बताए।
पुष १६, २०७९ शनिबार १३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।