गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्रीको निर्देशन: सुशासन र सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्नू

गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्रीको निर्देशन: सुशासन र सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्नू

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी काम अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्।

प्रधानमन्त्री दाहालसमक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे सङ्क्षिप्त ‘रिपोर्ट’ समेत पेश गरेका थिए।

यस्तै आजको भेटमा सिंहदरबारमा नागरिकको पहुँच सहज बनाउने विषयमा पनि छलफल भएको बताइएको छ। सिंहदरबार प्रवेश गर्न पासको व्यवस्था भएको र पहुँचवालाले मात्र उक्त पास पाउने भन्दै विरोध हुन थालेपछि यस विषयमा आज प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल भएको हो।

यस्तै कोरोना सङ्क्रमणको सम्भाव्य जोखिम र चिसोबाट नागरिकलाई बचाउन गर्नुपर्ने तयारीका विषयमा पनि छलफल भएको बताइएको छ।

पुष १६, २०७९ शनिबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।