कम्बोडियाको क्यासिनोमा आगलागीमा मृत्यु भएका पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापा विर्तामोड– १ का निराकर पाण्डेको शव नेपाल ल्याउन निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कम्बोडियाको एक क्यासिनोमा भीषण आगलागी हुँदा पाण्डेसहित १९ जनाको ज्यान गएको थियो। प्रधानमन्त्री दाहालले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले निधन भएका पाण्डेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
पुष १६, २०७९ शनिबार १२:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।