मोटरसाइकल दुर्घटनामा लालबन्दी नगरपालिकाका सब-इन्जिनियर यादवको मृत्यु

मोटरसाइकल दुर्घटनामा लालबन्दी नगरपालिकाका सब-इन्जिनियर यादवको मृत्यु

काठमाडौं: सर्लाहीको लालबन्दी नगरपालिकाका सब-इन्जिनियर रोशन यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ। शुक्रबार राति सवा १० बजे सर्लाहीको ईश्वरपुर नगरपालिका- १२ पूर्व-पश्चिम राजमार्गमा उनको मोटरसाइकल अयिन्त्रित भएर दुर्घटना भएको थियो।

धनुषाको धनुषाधाम नगरपालिका-३ स्थायी ठेगाना भएका ३० वर्षीय यादवको ना१ब २५५६ नम्बरको सरकारी मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जानेक्रममा बाँके जङ्गलको फुलजोर आसपासमा दुर्घटनामा परेको थियो। दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। उपचारकै क्रममा उनको राति १२:१० मा मृत्यु भएको हो।

पुष १६, २०७९ शनिबार ११:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।