अम्बानीको छोराको इङ्गेजमेन्टमा १० मिनेट गीत गाउँदा डेढ करोड भारु पारिश्रमिक

अम्बानीको छोराको इङ्गेजमेन्टमा १० मिनेट गीत गाउँदा डेढ करोड भारु पारिश्रमिक

एजेन्सी: विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानीको छोराको गत २९ डिसेम्बरमा इङ्गेजमेन्ट भयो। एनकोर हेल्थकेयरका सीईओ वीरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टसँग अम्बानीका छोरा अनन्त अम्बानीको विहे हुन लागेको हो।

इङ्गेजमेन्टमा थुप्रै बलिउड सेलिब्रिटीहरू आएका थिए। थुप्रैले आफ्नो प्रस्तुति दिएका थिए। सलमान खान, शाहरुख खान, रणवीर कपूर- आलिया भट्ट, रणवीर सिंह, जाहन्वी कपूर, अयान मुखर्जीलगायत थुप्रै स्टार इङ्गेजमेन्टमा आएका थिए।

तीमध्ये पछिल्लो समय बलिउडको मूलधारबाट हराएका मिका सिंहले प्रस्तुति दिए। आफ्नो गीत सुनाए।

मिकाले केवल १० मिनेट प्रस्तुति दिए। तर यति थोरै समय प्रस्तुति दिनलाई पनि उनले करिब डेढ करोड भारु पारिश्रमिक लिए।

अरूबेला मिकाले यति पैसा एक घण्टाको प्रस्तुतिका लागि लिने गर्थे। धनाढ्यको घरको इङ्गेजमेन्ट भएकाले उनले पैसा पनि अत्यधिक लिएको बताइएको छ।

त्यसमाथि अम्बानी परिवारमा हुने गरेको अधिकांश कार्यमा मिकाको प्रस्तुति हुने गर्छ। यसअघि मुकेश अम्बानीका ठूला छोरा आकाश अम्बानी र छोरी ईशा अम्बानीको विहेमा पनि मिकाले प्रस्तुति दिएका थिए।

पुष १६, २०७९ शनिबार ११:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।