समानुपातिक उम्मेदवार बन्न नपाएपछि जसपा छाडेका कार्कीले थाले राष्ट्रिय जागरण अभियान
काठमाडौं : गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक बन्न नपाएपछि जनता समाजवादी पार्टी(जसपा) परित्याग गरेका पूर्व कार्यकारिणी सदस्य युवराज कार्कीले नेपाल राष्ट्रिय जागरण अभियान थालेका छन्।
बिहीबार भर्चुअल बैठक बसेर उनले अभियानको घोषणा गरेका हुन्। अभियानको उद्देश्य वैकल्पिक पार्टी निर्माण रहेको कार्कीले बताए।
बैठकबाट डा. केशबमान शाक्य, युवराज कार्की, र दानबहादुर विश्वकमा रहेको राजनीतिक दस्तावेज मस्यौदा समिति गठन गरिएको छ।
पुष १५, २०७९ शुक्रबार १९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।