बिहारको गंगा नदीमा १४ जना सवार डुंगा पल्टियो, सात जना बेपत्ता

बिहारको गंगा नदीमा १४ जना सवार डुंगा पल्टियो, सात जना बेपत्ता

एजेन्सी : भारत बिहारको गंगा नदीमा डुंगा पल्टिँदा सात जना बेपत्ता भएका छन्।

१४ जना सवार डुंगामा ७ जना सकुशल बाहिर निस्केका थिए भने सात जना बेपत्ता भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

शेरपुरबाट दाउरा, घाँस, पराललगायतका सामान ल्याउँदै गर्दा डुंगा दुर्घटनामा भएको प्रहरीको भनाइ छ।

डुंगा किनारमा आएर नदीको किनारमा ठोक्किएर पल्टिएको थियो। जसकारण डुंगामा सवार मानिसहरू नदीमा डुबेका थिए। तीमध्ये ७ जना पौडी खेलेर बाहिरिएका छन्।

अहिले एनडीआरएफ र एसडीआरएफको टोली बेपत्ताको खोजीमा लागेका छन्। यो घटना दिउँसो साढे १ बजदेखि २ बजेतिरको हो।

यस्तै घटना यसै वर्षको सेप्टेम्बरमा मनोरमा भएको थियो। त्यसबेला पनि पराल बोकेर फर्किँदै गर्दा शेरपुर घाटमा दुईवटा डुंगा एक आपसमा ठोक्किएका थिए।

पुष १५, २०७९ शुक्रबार १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।