गृहमन्त्रीले भने, ‘तारिफ नगरे पनि हुन्छ, खबरदारी चाहिँ दिल खोलेर गरिदिनुस्’
काठमाडौं : उप–प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो काममा दिल खोलेर खबरदारी गर्न आग्रह गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मन्त्री लामिछानेले आफ्नो तारिफ गर्न कञ्जुस्याइँ गरे पनि खबरदारी भने दिल खोलेर गर्न आग्रह गरेका हुन्।
‘हामी, हुने कामलाई यति समय भित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं,’ उनले लेखेका छन्, ‘हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनुहोला।’
अब भेटघाट, फुलमाला, खादा, गम्छाको सिलसिला रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको भन्दै उनले मन्त्रालयमा कानूनबमोजिमका काम गर्न मन्त्रीलाई भेट्नै नपर्ने बताए।
उनले लेखेका छन्-
पुष १५, २०७९ शुक्रबार १८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।