नेपाल टी-ट्वान्टी लिगः पाँच खेल हारेपछि पाेखराले जित्याे पहिलाे खेल
काठमाडाैं। पोखरा एभेन्जर्सले जारी नेपाल टी-ट्वान्टी लिगमा पहिलाे खेल जितकाे छ। शुक्रबारकाे खेलमा पाेखराले विस्फोटक ब्याटिङ गर्दै फार वेस्ट युनाइटेडलाई तीन विकेटले हरायाे।
यसअघि पाेखराले लिगमा लगातार पाँच खेल हारेकाे थियाे। याे जितपछि पाेखराले प्लेअफको सम्भावना जीवितै राखेको छ।
फार वेस्टले जितको लागि दिएकाे १८८ रनको विशाल लक्ष्य पोखराले अन्तिम पाँच बल खेल्नु अगाडि ७ विकेट गुमाउँदै भेट्टायाे। नेपाल टी-ट्वान्टी लिगमा हालसम्म कुनै पनि टिमले पुरा गरेकाे याे सबैभन्दा ठूलाे लक्ष्य हाे।
पाेखरकाे जितमा आसिफ शेखले ३३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन जोड्दा कुशल मल्लले मात्र २२ बलमा ५ छक्काकाे सहयाेगमा ४० रन जाेडेका थिए। त्यसैगरी सुमित महर्जनले ३८ रन जाेडे।
फार वेस्टका लागि करण केसी र उमैरअलीले २/२ विकेट लिए।
यसअघि, टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे फार वेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन बनाएकाे थियाे। फार वेस्टका लागि उमेर अलीले २६ बलमा ५ छक्कासहित सर्वाधिक ४२ रन बनाउँदा राशिद खानले ३२ रन जोडेका थिए। बलिङमा जाहिर खानले ३ विकेट लिए।
जितपछि लिगकाे ६ खेलमा पहिलाे २ अंक जाेडेकाे पाेखरा पाँचाैं स्थानमा उक्लिएकाे छ। एक खल कम खेलेकाे फार वेस्टकाे पनि समान २ अंक नै रहे पनि रनरेटकाे आधारमा फार वेस्ट अन्तिम स्थानमा छ।
पुष १५, २०७९ शुक्रबार १८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।