प्रेमी बनेर अश्लिल हर्कत गर्न लगाइ टेलिग्राममा पोस्ट गर्ने १८ वर्षीय किशाेर पक्राउ

प्रेमी बनेर अश्लिल हर्कत गर्न लगाइ  टेलिग्राममा पोस्ट गर्ने १८ वर्षीय किशाेर पक्राउ
photo : knowtechie

काठमाडौं : सामाजिक सञ्जाल टेलिग्राममार्फत अश्लिल भिडियो पोस्ट गरेर रकम असुल्ने एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–७ घर भएर काठमाडौंको बुढानिलकण्ठ बस्ने १८ वर्षीय किशोर रोजित आलेमगर रहेका छन्।

उनले विभिन्न सामाजिक सञ्जालबाट प्रेमी–प्रेमिकाको बहानामा अनलाइनमा अश्लिल क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्बिरहरू गोप्य रूपमा अभिलेखीकरण गर्ने गरेका थिए।

अभिलेखीकरण गरेका सामग्री टेलिग्रामको निर्माण गरिएका विभिन्न च्याटग्रुपहरूमा आर्थिक लाभका लागि प्रसारण गरी महिला तथा नाबालिकाहरूको चरित्रहत्या गर्ने, दुःख हैरानी दिने गरेको प्रहरीले साइबर ब्यूरोले जनाएको छ।

उनलाई पक्राउ गरेर बिहीबार काठमाडौं जिल्ला अदालबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

पुष १५, २०७९ शुक्रबार १६:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।