एनसीएचएल ‘द एआरएम अवार्ड फर कर्पोरेट एन्सिलेन्सी’बाट सम्मानित

एनसीएचएल ‘द एआरएम अवार्ड फर कर्पोरेट एन्सिलेन्सी’बाट सम्मानित

काठमाडौं : ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स, २०२२’ अन्तर्गत फिनटेक विधामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडलाई अवार्ड प्रदान गरिएको छ। 

पौष १४ गते आयोजना गरिएको उक्त अवार्ड समारोहमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट, संस्थाहरूलाई अवार्ड प्रदान गरिएको हो।

डिजिटल रूपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरू स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदान तथा यसका निम्ति संस्थागत रूपमा एनसीएचएलले अपनाएका परिणाममूखी अभ्यासहरूको सम्मान स्वरूप उक्त अवार्ड प्रदान गरिएको हो।

भुक्तानी पूर्वाधारहरू निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग, अन्तर र्बैंक विद्युतीय भुक्तानी, कनेक्टआईपीएइस, कनेक्टआरटीजीएस, नेशनल पेमेन्ट इन्टरपेश, कर्पोरेटपे र रिटेलपेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यूआर लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरू सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पु¥याउँदै आएको छ।

पुष १५, २०७९ शुक्रबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।