करिब ५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायता आवश्यक

करिब ५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायता आवश्यक

एजेन्सी: श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको बताइएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय संस्था, आईसीआरसीले यसबारे जानकारी दिएको हो।

केही महिनायता श्रीलङ्काले जटिल आर्थिक समस्याको सामना गरिरहेको छ। कतिपय नागरिकलाई दैनिक आधारभूत आवश्यकताको नै खाँचो पर्दै गएको देखिएको पनि सो संस्थाले हालै मात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ।

पछिल्लो समयमा श्रीलङ्का मुद्रास्फिती, वैदेशिक मुद्राको अभाव झेल्नुपरेको छ। जसका कारण आर्थिक अवस्था निकै कमजोर हुँदै गएको छ। आर्थिक समस्यासँगै कृषि उत्पादनमा पनि कमी आएकाले खाद्यान्न असुरक्षाको अवस्था पनि देखिएको छ।

खाद्य असुरक्षाका कारण नै नागरिकलाई विशेषगरी मानवीय सहायता आवश्यक परेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ।

यहाँका करिब ४९ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोग्नुपरेको बताइएको छ। यो भनेको जनसंख्याको करिब २२ प्रतिशत खाद्य असुरक्षाको समस्यामा परेका हुन्।

पुष १५, २०७९ शुक्रबार ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।