प्रदेश १ मा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै

काठमाडौं: प्रदेश नं १ मा आज नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदै छ। निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिएका छन्।

प्रदेश नं १ को प्रदेश सभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना सांसद छन्। कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ। त्यसैले दलको नेता बन्न २९ मध्ये १५ मत आवश्यक पर्छ।

आज हुने निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएको अवस्था पुनः आजै अर्को निर्वाचन गरेर दलको नेता चयन गर्ने तय भएको रायमाझीले जानकारी दिए।

दलको नेताका लागि कांग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्की चुनावी प्रतिस्पर्धामा छन्।

पुष १५, २०७९ शुक्रबार ०९:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।