आज तमु ल्होसार, सार्वजनिक बिदा
काठमाडौं: आज तमु ल्होसार रहेको छ। हरेक वर्ष पुस १५ गते नेपालका गुरुङ समुदायले तमु ल्होसार मनाउने गरेका छन्।
गुरुङ समुदायले आजको दिनलाई नयाँ वर्षको रूपमा मनाउँछन्। तमुको अर्थ 'गुरुङ समुदाय' र ल्होसारको अर्थ 'नयाँ वर्ष' हो।
आजको दिन सरकारले नेपालमा सार्वजनिक बिदा समेत दिएको छ। विशेषगरी यो पर्व गण्डकी प्रदेशका जिल्लाहरूमा विशेषरूपमा मनाइन्छ। यस्तै काठमाडौंको टुँडीखेलमा पनि गुरुङ समुदायले नाचगान गरी ल्होसार मनाउने गर्छन्।
आजबाट ताे ल्हो अर्थात् बाघ वर्गको बिदाई र हि ल्हो अर्थात् बिरालाे वर्गको स्वागत गर्दै ल्होसार मनाइन्छ।
तमु ल्होसारको अवसरमा विभिन्न व्यक्तित्वहरूले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत विभिन्न राजनीतिक दलका नेताहरूले ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
पुष १५, २०७९ शुक्रबार ०८:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।