एक सय वर्षीया भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधन

एक सय वर्षीया भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधन

एजेन्सी: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आमाको निधन भएको छ। आज बिहान एक सय वर्षको उमेरमा हीराबा मोदीको निधन भएको हो।

अहमदाबादको यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा प्रधानमन्त्री मोदीकी आमाले अन्तिम श्वास लिएकी हुन्। गत मङ्गलबारबाट श्वास फेर्न अप्ठ्यारो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

आफ्नो आमाको निधनबारे प्रधानमन्त्री मोदीले नै जानकारी गराएका हुन्। आज बिहान उनले लेखेका छन्- 'शानदार शताब्दीको ईश्वरको चरणमा विराम। आमामा मैले सधैँ त्यो त्रिमूर्तिको अनुभूति गरेको छु जहाँ एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्य-मान्यताप्रति प्रतिबद्ध जीवन समाहित भएको छ।'

पुष १५, २०७९ शुक्रबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।