लस्ट स्टोरिज्को अर्ग्याजमवाला दृश्य खिच्दा धेरै डराएकी थिइन् अभिनेत्री भूमि

लस्ट स्टोरिज्को अर्ग्याजमवाला दृश्य खिच्दा धेरै डराएकी थिइन् अभिनेत्री भूमि

एजेन्सी : नेटफ्लिक्समा सन् २०१८ मा रिलिज भएको 'लस्ट स्टोरिज' को एक सिन गर्दा अभिनेत्री भूमि पेडनेकर निकै डराएकी थिइन्।  नेटफ्लिक्समा रिलिज भएको यो सिरिजमा चार अलग-अलग कथा देखाइएको थियो।

भूमिको अभिनय रहेको भागमा जोया अख्तरले निर्देशन गरेका थिए। कथामा भूमि एक कामदार महिलाको भूमिकामा थिइन् जो आफ्नै मालिकसँग अफेयर चलिरहेको थियो।

यसमा भूमिको केही इन्टिमेट सीन्स पनि खिचिएको थियो। त्यसको छायाङ्कनमा आफू सहज अवस्थामा नरहेको उनले बलिउड हङ्गामासँगको कुराकानीमा खुलाइन् चार वर्षपछि।

उनका अनुसार लस्ट स्टोरीजमा उनको को-स्टार नील भूपलमसँग इन्टीमेट नसी गर्दा निकै नर्भस थिइन्।

'जब मैले लस्ट स्टोरीजमा अभिनय गरे त्यो बेला म निकै नर्भस थिए। त्यो एउटा अर्गेज्मवाला दृश्य थियो। त्यो समयमा हामीसँग इन्टीमेसी कॉर्डिनेटर हुन्थेनन्। जोयाले सहज रूपमा नील र मेरो त्यो सिन खिचे। जोयाले मलाई सबैभन्दा पहिला तिमि एक महिला हौ यस्तो सिनमा तिमि कन्फर्टेवल हुन आवश्यक छ भने। म धेरै डराएकी थिए। किनकि त्यो ज्यादै नाङ्गै हुने सिन थियो' उनले भनिन्।

सो सिनको सुट गर्दा उनले निकै कम कपडा लगाउनु परेको थियो। त्यसमा पनि कोठामा धेरै व्यक्तिहरूको अगाडि सिट सुट भएको थियो। 

'मेरो शरीरमा नाम मात्रको कपडा थियो। सबै प्राविधिक तयारी भइसकेको थियो। अनि निल र म बसेर हाम्रो सीमा कतिसम्म हो भनेर निर्धारण गर्नु परेको थियो' उनले अनुभव सुनाइन्।

पुष १५, २०७९ शुक्रबार ००:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।