स्टाफ नर्सको बलात्कारको अभियोगमा वडा सदस्य जेल गए
मोरगं : एक स्टाफ नर्सलाई बलात्कार गरेको अभियोग लागेका मोरङ, बेलबारी नगरपालिकाका वडा सदस्य विजय तोलांगी पुर्पक्षका लागि जेल चलान भएका छन्।
मोरङकै २४ वर्षीय एक जना स्टाफ नर्सको बलात्कार गरेको अभियोगमा मोरङ अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले तोलांगीलाई मुद्दा किनारा नलागेसम्म कारागारमा राख्न आदेश दिएको हो।
अदालतको आदेशपछि तोलांगी मोरङ कारागार चलान भएका छन्। बलात्कार आरोपमा पक्राउ परेका तोलांगी नेपाली काँग्रेसको टिकटमा बेलबारी नगरपालिकाको कार्यपालिका सदस्य भएका थिए।
तोलांगीले मोरङको जेफालेमा लगेर साउन १८ गते आफूलाई बलात्कार गरेको भन्दै युवतीले इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएकी थिइन्।
उजुरी दिएपछि तोलांगी फरार भएका उनी मङ्सिर २६ मा इलाका प्रहरी कार्यालय, बेलबारीमा हाजिर भएका थिए।
पुष १४, २०७९ बिहीबार २३:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।