प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ।

सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त भएकामा दाहाललाई बधाई समेत दिएका थिए। द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राजदूत थोम्पसनले अमेरिका र नेपालको ७५ वर्षको मित्रता र साझेदारीलाई जारी राख्ने अमेरिकाको प्रतिबद्धतामाथि जोड दिएका थिए।

पुष १४, २०७९ बिहीबार २१:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।