बिलमा गलत विवरण समावेश गरेको भन्दै भाटभटेनीलाई साढे दुई लाख जरिवाना
काठमाडौं: जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटलाई जरिवाना तिराएको छ। भाटभटेनीले बिलबिजकमा गलत विवरण समावेश गरको भन्दै दुई लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।
कार्यालयका अनुसार भाटभटेनीले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नून पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्त्वमा खटिएको टोलीले उक्त सुपर मार्केटको एक्कासि अनुगमनमा गर्दा उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो। अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाएको सहायक प्रजिअ कँडेलले बताए।
पुष १४, २०७९ बिहीबार २०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।